उस्तै सुनिने भाका ‘माया रुमालैमा’ र ‘माया छ रुमालैमा’ (भिडियो सहित)

सोलुखुम्बु । यसअघि पनि गीत चोरीका आरोप नलागेका होईनन् । बढिजसो पश्चिम भेगका चल्तीका भाका चोरीको आरोप प्रत्यारोप लाग्ने गरेपनि यो पटक भने पुर्वेली लोक गीतका भाका दुरुस्त कपी गरेको चर्चाले स्थान पाएको छ ।

खोटाङको नुनथलामा जन्मेका पुराना सर्जक तथा गायक शिव संगम राईले १२ बर्ष पहिले रेकर्ड गराएको भाकामा अर्को गीत बजारमा ल्याईएको छ । राईले रेकर्ड गराएका भाका ‘माया रुमालैमा’ गीतको भाकामा खोटाङ रावावेशी गाउँपालिका पदम राईले ‘माया छ रुमालैमा’ बजारमा ल्याएको केहि संगीतकर्मीले बताएका छन् । सुन्दा भाका उस्तै लागेपनि पदम राईले आँफैले बनाएको दाबी गरेका छन् । उनले कसैको भाका नचोरेको बरु स्थानीय मौलिक भाकामा गीत तयार पारेको दाबी गरे ।

उता, सर्जक तथा गायक शिव संगम राईले चोरीएको भनिएको भाकाको मूल सर्जक आफू नै भएको बताएका छन् । गाउँघरमा गाईने भाकालाई परिमार्जित रुपमा आफूले गीत रेकर्ड गराएको बताएका छन् । चोरीको हल्ला बजारमा चल्नासाथ पदम राईले शिव संगम राईलाई टेलिफोन गरि आफूले भाका नचोरेको दाबी गरेको बताएको शिव संगम राईले जानकारी दिए । राईले भाका उस्तै रहेको तर भर्खरका नवप्रवेशीलाई रेकर्ड भईसकेको भाका थाहा नभएको हुन सक्ने ठानेर चोरीको मद्धा नबनाएको बताए । दुवै गीतमा गायिका सरला राईको स्वर रहेको छ ।

यस अघि पनि ‘घर हाम्रो पुर्व तिरै हो’ बोलको भाकाकै झल्को दिने गरि उदयपुरका नवप्रवेशीले बिटी थापाले ‘घर त हाम्रो जाँते तिर हो’ गीत बजारमा ल्याएका थिए ।

भाका जुधेको हो की होईन, आँफै छुट्याउनुहोला ।

शिव संगम राईको गीत ‘माया रुमालैमा’

पदम राईको गीत ‘माया छ रुमालैमा’

Comments

comments

सम्बन्धित शीर्षकहरु