ऊर्जा मन्त्री पुनद्धारा सोलु करिडोरको अनुगमन, कस्ले के भने ?

भुपेन्द्र पौडेल,
सोलुखुम्बु, असोज २८

उर्जा मन्त्रि वर्षामान पुनले ३३ केभि प्रशारण लाईनको काम समयमै सक्ने वताउनुभएको छ ।

शनिबार सोलुखुम्वुको तिङलामा निर्माणाधिन केन्द्रिय प्रशारण लाईनको सव–स्टेशन अनुगमनको क्रममा मन्त्री पुनले जनशक्ति थपेरै भएपनि समयमै पुरा गर्ने दाबी गर्नुभयो ।

पुनले तोकिएको अवधिमा काम नसकिए उत्पादित विद्युतको खपत नहुने, सरकारले क्षतिपुर्ति तिर्नुपर्ने र भारतवाट गरिने विद्युत आयात उस्तै रहने भएकाले राष्ट्रले घाटा व्यहोर्नुपर्ने वताउनुभयो । उहाले समयमै काम सम्पन्न गर्नको लागि सरकार हरेक अप्ठ्यारा फुकाउन तयार रहेको समेत प्रस्ट्र पार्नुभयो ।

उर्जा मन्त्री पुनले भने, ‘सरकारले अवको ४ वर्ष भित्र मुलुकभर ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । अहिले ४ हजार मेगावाट निर्माणाधिन अवस्थामा रहेको छ ।’ उहाँले सरकारको योजना अनुसार काम भए आगामी १० वर्ष भित्र १५ हजार मेगावाट विधुत उत्पादन गर्न सकिने बताउनुभयो ।

सोलुखुम्वु र ओखलढुङगामा ग्रामिण विधुतीकरणका लागि ३६ करोड रकम विनियोजन गरिएकाले ग्रामिण विधुतीकरणलाई सरकारले प्राथमिकतामा राखेको वताउनुभयो ।

संघीय सांसद हेम कुमार राई ‘सुरविर’ले सोलु करिडोरको केन्द्रिय प्रशारण लाईन विस्तारको काम कुनैपनि बाहनामा लम्बिन नहुने बताउनुभयो । त्यस्तै, प्रदेश सांसद उतम कुमार वस्नेतले विकास पहुँचको आधारमा नभै आवश्यकताको आधारमा गर्नुपर्ने बताउनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिका अध्यक्ष असिम राईले नागरिकहरु बत्ति मुनिको अध्याँरोमा बस्नुपरेकोले सरकारले ग्रामिण विद्युतीकरणलाई जोड दिनुपर्ने बताउनुभयो ।

अनुगमनका क्रममा ऊर्जा मन्त्री पुनलाई तल्लो सोलु जलविधुत आयोजना र सोलु जलविधुत आयेजनाको प्रगतीबारे जानकारी गराईएको थियो । ९० प्रतिशत काम सम्पन्न गरेको सोलु जलविधुत आयोजनाले आगामी फागुनवाट विद्युत उत्पादन शुरु गर्नेछ भने निर्माणाधिन तल्लो सोलुजलविद्युत आयोजनाले सन् २०१९ को डिसेम्वर सम्ममा विद्युत उत्पादन शुरु गर्ने जनाएको छ ।

सोलु करीडोरका प्रोजेक्ट म्यानेजर जनार्दन गौतमले भने हालसम्म ४० प्रतिशत मात्र काम सकिएको र सामुदायीक वनसंगको समस्याका कारण केहि महिना समय थप गर्नुपर्ने बताउनुभएको छ ।

तस्विर-भुपालसिं राई

Comments

comments

सम्बन्धित शीर्षकहरु