उम्मेद्धार टुंगो लगाएको ओखलढुंगा एमाले चुनावी प्रचारमा

राधा ढुंगाना,
सोलुखुम्बु, १७ जेठ,

उम्मेद्धार टुंगिएपछि ओखलढुंगा एमाले चुनावी अभियानमा होमीएको छ । एक नगरपालीका सहित ७ गाउँपालीका रहेको ओखल्ढुंगामा सवै स्थानीय तहमा उम्मेद्धार टुंग्याएको एमाले गाउँगाउँमा चुनावी प्रचारप्रसारमा लागेको हो ।

गाउँपालीका र नगरपालीकाका प्रमुख तथा उपप्रमुख उमेद्धार सहित नेता तथा कार्यकर्ता जनताको घरघरमा भोट माग्न व्यस्त रहेको एमाले ओखलढुंगाले जनाएको छ । ओखल्ढुंगामा एमालेलाई जिताउने प्रयासमा नेता कार्यकर्ता घरदैलो अभियान गर्दै गाउँगाउँ पुगेको एमाले ओखल्ढुंगाका उपाध्यक्ष नेत्र भट्टराईले बताउनुभयो ।

नेकपा एमालेले टुंग्याएको उम्मेद्धारहरुमा सिद्धिचरण नगरपालीकाका लागि प्रमुखमा मोहन कुमार श्रेष्ठ र उप प्रमुखमा ईसा कुमारी गुरुङ रहेका छन् । चिसंखुगढि गाउँपालीकामा भिम बहादुर थापालाई प्रमुखमा र भावना राईलाई उप प्रमुखमा अघि सारिएको छ ।
त्यस्तै, मानेभन्ज्यांङ गाउँपलीकाका लागी रुपलाल तामाङ प्रमुख, भावना राईको उप प्रमुख, सुनकोसी गाउँपालीकामा ज्ञान बहादुर खड्का प्रमुख र मुना श्रेष्ठलाई उप प्रमुखको उम्मेद्धार बनाईएको छ ।

त्यस्तै, चम्पादेवी गाउँपालीकामा हरी प्रसाद घिमिरे प्रमुुख र कल्पाना थापा उप प्रमुखका लागी अघि सारिएको छ भने लिखु गाउँपालीकाको प्रमुखमा गोबिन्द बहादुर पौडेल र उपप्रमुखमा सान्ता ढुंगेललाई उम्मेद्धार बनाएको छ ।

खिजितेम्मा गाउँपालीकामा लाक्पा गेल्बु शेर्पा प्रमुख पदमा र पार्वती रोक्काको उप प्रमुखमा अघि सारिएको छ । उता, मोलुङ गाउँपालीकामा मणि राई प्रमुख र हेमकला धमलाको उपप्रमुखको उम्मेद्धार बनाईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!