उमेश लामाको ‘माया चोखो छ’ गीत सार्वजनिक (भिडियो सहित)

सोलुखुम्बु । काभ्रेली कलाकार उमेश लामाको लोकपप गीत ‘माया चोखो छ’ को भिडियो सार्वजनिक भएको छ । लामाकै शब्द, स्वर र संगीत रहेको लोकपप गीतको भिडियो यू–टुव मार्फत सार्वजनिक भएको हो ।

Ranjana

पपुलर मिडियाले बजारमा पठाएको गीतको भिडियोवाट रञ्जना घिमिरे र सुजन वाईवा (तामाङ) ले अभिनय गरेका छन् । घिमिरे सोलुखुम्बुकी हुन् । उनले सो भिडियोवाट अभिनयमा डेब्यू गरेकी छिन् । भिडियोको निर्देशन प्रेम लामाले गरेका छन् ।

Umesh lama

सञ्चारकर्मी समेत रहेका लामा सोलुखुम्बुमा रहेको हिमाल एफ एममा प्राविधिक प्रमुख जिम्मेवारी सम्हाल्दैछन् । आवाजमा जादु ओकल्ने लामाले प्रस्तुत गर्ने मनोरञ्नात्मक रेडियो कार्यक्रम लोकप्रिय छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु