उपमेयरको बहिस्कार अभियान नेकपाकै वडाअध्यक्षद्धारा ‘बहिस्कार’

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २८

सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयरको नगरसभा बहिस्कार अभियानलाई नेकपाकै वडाअध्यक्षहरुले बहिस्कार गरेका छन् ।

पुस २७ गते शुक्रबारका लागि डाकिएको नगरसभा विभिन्न विषयमा असहमति जनाउदै बहिस्कार अभियान चलाएका नेकपा पक्षधर जनप्रतिनिधिहरुकै अभियानलाई ३ वडाअध्यक्षहरुले बहिस्कार गरेका छन् । उनीहरुले शनिबार बसेको नगर सभामा सक्रिय सहभागीता जनाएर उपमेयर सहितको बहिस्कार अभियानलाई नै बहिस्कार गरेका हुन् । नगर सभामा वडाअध्यक्षहरु वडा नं ३ का गोपाल मगर, ५ का मिङमार तामाङ र १० का मिङमार छिरीङ शेर्पा सहभागी भएका थिए ।

नेकपा पक्षधर वडाअध्यक्षहरुको सहभागीतामा सम्पन्न नगर सभालाई नेकपाको बहिस्कार भन्न नमिल्ने मेयर नाम्गेलजाङबु शेर्पाले बताए । उनले भने, ‘सभा सफलतापुर्वक सम्पन्न भएको छ । सभामा पेश भएका विषयमा बृहत छलफल गरि निर्णय पुगिएको छ ।’

शनिबार अबेर सम्पन्न सभाले वडागत केहि योजना परिमार्जि गरेको छ भने खानी तथा खनिज पदार्थ ऐन र कृषि तथा व्यवसाय प्रर्वद्धन ऐन पारित गरिएको छ । कार्यपालिकाको निर्णयलाई पनि अनुमोदन गरिएको प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् ।

सभाले नगर क्षेत्रमा ग्रामिण विद्युतीकरण र लोडसेडिङ मुक्त बनाउन नेपाल विद्युत प्राधिकरण र २३.५ मेगावाट क्षमताको सोलुखोला जलविद्युतलाई आग्रह गर्ने, जिल्ला समँवय समितिको मातहतमा रहेको पर्यटन रोयल्टी वापत्को रकम (नगरपालिकाको भागमा पर्ने) वडा कार्यालय निर्माणको लागि माग गर्ने र प्रदेशस्तरिय निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट प्राप्तहुने रकम वडा नं ४ र ५को सिमानामा पर्ने खोलामा पुल निर्माण र दोर्पुको ढल व्यवस्थापनमा खर्च गर्ने निर्णय लिईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु