उद्योग वाणिज्य संघ नेचा सल्यानले उपभोग्य सामाग्री आपूर्तीमा समन्वय गर्ने

सोलुखुम्बु, चैत्र १३


उद्योग वाणिज्य संघ नेचा सल्यान गाँउपालिकाले उपभोग्य सामाग्री आपूर्तीमा सम्बन्धीत निकायसंग समन्वय गर्ने निर्णय गरेको छ ।

आज संघका अध्यक्ष हेमराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले हालसम्म पालिकामा उपभोग्य सामाग्रीको अभाव नरहेको तर हुनसक्ने खाद्यान्न संकटलाई ध्यानमा राख्दै सम्बन्धीत निकायसंग छलफल गरेर आपूर्तीमा सहकार्य गर्ने निर्णय गरेको हो ।

साथै देश लक डाउन भएको अवस्थामा खाद्यान्न सामाग्रीको मुल्यवृद्धि र कालोबजारी नगर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

बैठकमा उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु