उदयपुरमै कोरोना परीक्षण गर्न माग

सोलुखुम्बु,वैशाख ११

उदयपुर जिल्लामा मात्रै २७ कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनितिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

उदयपुरको गाइघाटमा बसेको राजनितिक दलहरुको बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघीय सरकारसँग आग्रह गरेका हुन् ।

नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ती जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्याल्य उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्न समेत आग्रह गरेका छन् । उदयपुर डेण्जार जोन बनेको भन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताए ।

हाल कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउने गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!