उदयपुरमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गयो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर १०

उदयपुरको ताप्ली गाउँपालिकामा ट्रयाक्टरले ठक्कर दिदा एक जनाको ज्यान गएको छ । पैदल हिडीरहेका ताप्ली गाउँपालिका ४ का ५१ बर्षीय होम बहादुर रानालाई सोमवार साँझ कबि ७ बजे यारी खोलाबाट ठानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको संवाददाता ठविन्द्र मगरले जनाकारी दिनुभयो ।

ट्याक्टरले ठक्कर दिएपछि भाईते भएका उनको स्थानिय स्वास्थ्य चौकीमा उपचारको क्रममा रातीे ९ बजे मृत्यु भएको हो ।ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ, भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु