उदयपुरमा चिसोका कारण एकजनाको मृत्यु

हिमाल एफ एम, पुस १४ – उदयपुरमा सोमबार बिहान चिसोका कारण एकजनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका ७ मोतिगडामा वेवारिशे अवस्थामा एक जनाको शव फेला परेको हो । चिसोका कारणले ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक गएको केही वर्षयता सडक र बजारतिर घुमिहिड्ने मानसिक सन्तुलन ठिक नभएका एक व्यक्ति भएको स्थानीय बासिन्दाले बताएका छन् । उनको नाम खुल्न सकेको छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु