उदयपुरको ३ गाउँपालिकामा शुनकोशीको खानेपानी पुग्ने

राकेश नेपाली
उदयपुरको ३ वटा गाउँपालिका लाभान्वित हुने गरी शुनकोशी नदीको पानी लिफ्टििङ गरि घरघरमा पु¥याईने भएको छ । सुख्खायाममा पानीको मुहान सुक्ने र खानेपानीको हाहाकार मच्चिने लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका बासीकालागी यस्तो बिधि अपनाउन लागिएको हो ।

शुनकोशीनदीको पानी लिफ्टिङ गरी लिम्चुङबुङ गाउँपालिका ३ बाराहको दोबाटे डाँडामा भण्डारण गरी ति ठाउँहरुमा पु¥याईने भएको हो । आयोजनाको पहिलो चरण अन्र्तगतलिम्चुङबुङ गाउँपालिकाको सबै वडा र रौतामाई गाउँपालिकाको १ र ३ नंम्बर वडामा खानेपानी पु¥याईने छ । यस्तै दोस्रो चरणमा ताप्ली गाउँपालिकाको सबै वडामा सो प्रबिधिबाट खानेपानी पु¥याईने ताप्लीगाउँपालिकाकाअध्यक्ष उद्धबसिंह थापाले बताउनुभयो ।

शुनकोशीलिफ्टिङ खानेपानी आयोजनाक ालागी कृष्णकुमार खत्रीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिती समेत गठन गरिएको छ । समितीको उपाध्यक्षमा गाणेश राई, सचिबमा ढुङ्गराज बिक, सहसचिवमा मनोज बुढाथोकी र कोषाध्यक्षमा नमिका राई चयनहुनुभएको छ । आयोजना सम्पन्न गर्न अनुमानित ५० करोड बजेट खर्च हुने प्राबिधिक स्टमेट तयार गरिएको छ ।

आयोजना संघिय खानेपानी तथा ढल व्यबस्थापन बिभाग, काठमाण्डौको आर्थिक सहयोगमा सुरु हुन लागेको हो । बिभागले उक्त खानेपानी आयोजनाका लागी २ करोड बजेट बिनियोजन गरिसकेको छ । ताप्ली गाउँपालिकाका प्रमुख उद्धबसिंह थापा र खानेपानी तथा ढल व्यबस्थापन आयोजना बिराटनगरका ईन्जिनियर सुजित महतोको बिशेष उपस्थिती तथा लिम्चुङबुङ गाउँपालिकाका प्रमुख मेजरकुमार राईको अध्यक्षतामा उपभोक्ता समिती गठन गरिएकोे लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणी कुमाईले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु