उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ३ को सार्बजनिक सुनुवाई सम्पन्न

उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ३ बाराहाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/७५ को आयव्ययको सार्वजानिक सुनुवाई गरिएको हो । सुनुवाईमा पुजिगत तर्फको अनुदान रकम ६१ लाख बजेट अन्तरगतका योजनाहरुको बारेमा जानकारी गराईको छ । वडामा विनीयोजन गरिएको २२ वटा योजना मध्ये १ गाउँघर क्लिनीक भवन निर्माण क्रमागत रहेको जनाईएको छ । भने ५ लाख १२ हजार लक्षीत बर्गको रकम खर्च हुन नसकि गाउँपालिकाको संचित खातामा रकम गएको सार्वजनीक सुनुवाईमा जानकारी गराइएको छ । यस्तै चालु तर्फको रकम ७ लाख ५० हजार कार्यलयको सामग्रि खरिद सहित इन्धन, दैनिक भ्रमण भत्ता लगायतका शिर्षकमा खर्च गरिएको जानकारी गराईएको छ ।वडा अध्यक्ष डिक बहादुर राउतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मेजर कुमार राई र उपाध्यक्ष रमिला राईको आतिथ्यतामा कार्यक्रम भएको वडा सदस्य गुरुमणी कुमाईले जानकारी दिनु भयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु