उदयपुरको रुपाटारमा शोक सभा

उदयपुरको रुपाटार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा जुना परियारको १० औं पुन्यतिथीमा शोकसभाको आयोजना गरिएको छ । ताप्ली गाउँपालिका ५ गहते निबासी चित्र बहादुर र कृष्ण माया दमाईकी छोरी जुना परियारको मुटु रोगका कारण गते भदौ २६ गते असामयीक निधन भएकोले उनको सम्झनामा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । परियाले कक्षा ५ सम्म अध्ययन गरेको विद्याालय, कालिका आ वि गहते, कक्षा ६ देखी ८ सम्म अध्ययन गरेको विद्यालय पञ्चावती आधारभुत विद्यालय रामपुर र हाल अध्ययनरत विद्यालय महेन्द्ररत्न माध्यमिक विद्यालय रुपाटारले एकै दिन आज शोकसभाको आयोजना गरि उनको आत्माको चीर शान्तिको कामना गरेका हन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु