उदयपुरको ताप्ली गाउँपालिकालाई सहास नेपालद्धारा राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण ।

सोनी राई,
सोलुखुम्बु, जेठ २०

विपदमा परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएको सहास नेपालले उदयपुरको ताप्ली गाँउपालिकाका अति विपन्न परिवारका लागि खाद्यान्न तथा स्वास्थ्य चौकीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न लागु गरिएको लक डाउनको समयावधीमा समस्यामा परेका अति विपन्न २ सय ५० घरधुरी र संक्रमण रोकथाक तथा नियन्त्रणका लागि अग्रपंतीमा रहेर खटिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि भन्दै स्वास्थ्य सामग्री खरिद गरी गाँउपालिकालाई हस्तान्तरण गरेको हो ।

संस्थाले ५ हजार केजी चामल, ५ सय केजी दाल, २ सय ५० लिटर तेल, २ सय ५० केजी नुन र ५ सय थान साबुन खरिद गरेको छ भने रुपाटार, ओख्ले, लेखगाँउ, चिसापानी, इनामे र ठानागाँउ गरी ५ वटा स्वास्थ्य चौकीका लागि ह्यान्ड सेनिटाईजर, एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोब्स, मेडिकल गाउन लगायतका स्वास्थ्य सामग्री खरिद गरेको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।

करिब ४ लाख ७९ हजार ३ सय १० लगानीमा खरिद गरिएको खाद्यान्न र स्वास्थ्य सामग्री बुझ्दै आज गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले सहास नेपालको सहयोगले कोरोना रोकथाममा महत्वपुर्ण योगदान मिल्ने बताउनुभयो ।

विपदमा परेकाहरुलाई सहयोग जुटाउदै आएको भन्दै गाँउपालिका उपाध्यक्ष कमलामाया राईले आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!