उदयपुरको ठानगाउँ अन्धकारमा

सोनि राई,
सोलुखुूम्बु, कार्तिक १९

उदयपुरको ताप्ली गाँउपालिका वडा नं ४ ठानागाँउका ३ सय घरधुरी ५ महिना देखी अन्धकारमा बस्न बाध्य छन् । उपभोग गर्दै आएको राकुला खोला लघुजलविद्युत आयोजनामा वर्षातको भलबाढीले क्षती पु¥याएको ५ महिना वित्दा समेत मर्मत नहुदाँ त्यहाका नागरिक अन्धकारमा बस्न बाध्य बनेका हुन् । अविरल वर्षाले पावर हाउसमा जडित ट्रान्र्समिटर लगायतका उपकरणमा क्षती पु¥याएपछि विद्युत प्रसारण अबरुद्ध भएको थियो ।

उक्त आयोजनाको मर्मतमा सम्बन्धित निकायले ध्यान नदिदाँ सोलार र दाउराको भरमा पर्नुपर्ने अवस्था रहेको स्थानीय रत्नबहादुर बिकले गुनासो गर्नुभयो । भलबाढीले काठे पुलका साथै बाध भत्काउदा पावर हाउसमा क्षती पुगेको हो । विद्युत अवरुद्ध बनेसंगै उक्त जलविद्युतबाट संचालन हुदै आएको २ वटा राईस मिल र मसलापिस्ने मिलसमेत ठप्प बनेका छन् । बाँकी रहेको काठे पोल समेत मक्किएर ढल्ने अवस्थामा रहेको संबाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।

निर्माणका लागि अन्दाजी १६ लाख वजेट आवश्यक पर्ने भएकाले रकम अभावमा मर्मतको काम हुन नसकेको हो । वडा र गाँउपालिकाबाट पनि रकम विनियोजन नभएकाले विद्युत सुचारु गर्न ढिला भएको विद्युत उपभोक्ता समिति अध्यक्षडिक बहादुर ज्यु ठकुरीले बताउनुभयो । यद्यपी गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले भने विद्युत निर्माणकै अवस्थामा २ लाख ५० हजार वजेट विनियोजन गरेको तर तत्काल विद्युत मर्मतका लागि वजेट छुट्याउन सम्भव नभएको बताउनुभयो । नागरिकको समस्यालाई ध्यानमा राखी प्रदेश सरकारसंग वजेटको विषयमा छलफल गर्ने अध्यक्ष थापाको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु