उदयपुरका दनुवार सगरमाथा डान्स स्टार

शिखरजंग श्रेष्ठ । जेष्ठ १७- सगरमाथा अन्चलस्तरिय खुल्ला डान्स स्टार प्रतियोगीताको उपाधि कटारी उदयपुरका विजय कुमार दनुवारले बाजी मारेका छन् । प्रथम भएसंगै उनले नगद एक लाख पाँच हजारको साथमा मेडल र प्रमाणपत्र हात पारेका छन् ।
फ्रेन्डसीप यूथ क्लब सोलुखुम्बुले आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगीतामा द्धितीय सोलुखुम्बुका सारिका तामाङले जितिन् भने, तृतीय सोलुखुम्बु लोखिमका ९ बर्षिय बालिका अनुषा कुलुङले हात पारिन् । त्यस्तै, सान्त्वना स्थान सोलुखुम्बुकै कुविरधन राईले हात पारे । उनीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
सयौ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम भएका दनुवारलाई ३ महिना नृत्य सम्बन्धि कक्षाको लागी छिमेकी मुलुक भारत पठाईने भएको छ । क्लबको अध्यक्ष महेश किरातीले बिजयी दनुवारलाई त्यस तर्फ पठाउन लागीएको जानकारी दिनुभयो । जित पछि उनले भने, “नृत्य क्षेत्रलाई मैले जीवन भर अंगाल्नेछु । त्यसको लागी सबैको माया आवश्यक पर्छ ।”
गत बर्ष मात्रै खुल्ला एकल गायन स्टार जन्माएको क्लबले डान्स स्टारको सफलता संगै आउदो चैत्रसम्म देशव्यापि रुपमा डान्स प्रतियोगीताको आयोजना गर्ने क्लबका केन्द्रिय अध्यक्ष महेश किँरातीले बताउनुभयो । प्रमुख निर्णायकका रुपमा चर्चित नृत्य निर्देशक महेश गोदारसंगै अर्का लोकप्रिय नृत्य निर्देशक गोविन्द राई र विशेष खालिङ निर्णायकहरु रहेका थिए ।
जिल्ला बिकास समितिको प्राङगणमा संचालन गरिएको फाईनल प्रतियोगीतामा सोलुखुम्बु, खोटाङ, ओखलढुङगा, उदयपुर लगायतका जिल्लाबाट हजारौँ नृत्य प्रेमीहरुको उपस्थीति रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!