उडिरहेको विमानमा आगजनीको प्रयास

हिमाल एफएम साउन १० – चीनमा उडिरहेको एउटा विमानमा आगजनीको प्रयास भएको छ । चिनियाँ सरकारी संचारमाध्यमले जनाएअनुसार घरेलु उडानको एक विमानमा आगजनीको प्रयास भएको हो । आगजनी गर्न लाइटर बालिसकेको अवस्थामा एक यात्रुलाई नियन्त्रणमा लिइएको छ । चालक दलका सदस्य तथा अन्य यात्रु मिलेर ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । ताईझाउबाट दक्षिणी सहर ग्वाङझाउतर्फ जाँदै गरेको विमानमा आइतबार बिहान अचानक एक यात्रीले आगो लगाउने प्रयास गरेका थिए । सरकारी टेलिभिजन च्यानल ‘सीसीटिभी’ का अनुसार आगलागीको प्रयास गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा दुईजना सामान्य घाइते भएका छन् ।

आगलागीको प्रयास गर्ने व्यक्तिको परिचय खुलाइएको छैन । उनले किन आगजनीको प्रयास गरे भन्नेसमेत प्रष्ट हुन सकेको छैन । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ । चीनमा विमानभित्र लाइटर, सलाईजस्ता ज्वलनशील पदार्थ लैजान निषेध छ । ती व्यक्तिले कसरी विमानभित्र लाइटर लैजान सफल भए भन्नेबारेसमेत प्रहरीले अनुसन्धान थालेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु