उच्चस्तरीय राजनीतिक समिति गठनको कसरत

हिमाल एफ एम, भाद्र १३- नेपाली कांग्रेसले एकीकृत माओवादीको मागअनुसार उच्चस्तरीय राजनीति समिति गठनको पहल थालेको छ । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समितिको संयोजक बनाउने गरी पहल अगाडि बढाएका छन् । उनले हिजो दाहाललाई भेटेर समितिको नेतृत्वका लागि तयार रहन आग्रह गरेका हुन् । त्यसपछि दाहालले नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटेर समितिको नेतृत्व दिन आग्रह गरेका थिए । जवाफमा ओलीले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व दाहाललाई दिन सकिने तर तीन दल सम्मिलित समितिमात्र गठन गर्नुपर्ने अडान राखेको बताइएको छ । दाहालले भने मधेसवादी दललाई पनि समितिमा सामेल गर्नुपर्ने अडान राख्दै आएका छन् । यो विषय टुंग्याउन आजै तीन दलको शीर्ष नेताहरुको बैठक बस्ने तयारी भएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!