‘इ‌ंल्याण्ड टुर’का लागि पारसको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

kkkकाठामाडौं, असार २० – अभ्यास खेल खेल्न बेलायत टुरमा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ।

आइसीसीका प्रतिनिधि बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीय छनोट समितिले बेलायतमा खेल्ने अभ्यास खेलका लागि सोमबार १५ सदस्यीय खेलाडीको छनोट गरेको हो।

टोलीको कप्तानमा पारस खड्का रहेका छन् भने उपकप्तानमा ज्ञानेन्द्र खड्का रहेका छन्।

बेलायतमा खेल्ने अभ्यास खेलका लागि शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारीलाई टोलीमा समेटिएको छ।

यसैगरी सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, बिक्रम सोश, राजु रिजाल र राजेश पुलामी मगर टोलीमा परेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुलाई १९ मा लण्डनमा हुने म्यार्लेबोन क्रिकेट क्लबसँग खेल्ने छ। अभ्यास खेलका लागि नेपाली टोली आगामी जुलाई ११ मा बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु