इबोलाविरुद्धको लडाँइमा पराजित हुने त्रास

हिमाल एफ एम कार्तिक २- हाल फैलिरहेको इबोलाको महामारी तथा यात्राका विषयमा विश्वव्यापीरुपमा देखिएको त्रासबीच राष्ट्रसंघले यस रोगसंग संघर्षमा थप रकम उपलब्ध गराउने बचन दिएको छ भने विश्व बैंकले यस रोगका विषाणुसंगको संघर्षमा पराजित हुनसक्ने चिन्ता व्यक्त गरेको छ । १४ अक्टोबरसम्ममा इबोलाका कारण ४ हजार ५ सय ५५ को मृत्यु भइसकेको र सात मुलुकमा यस रोगका ९ हजार दुई सय १६ विरामी देखा परेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यस रोगका प्राय मृत्यु अफ्रिकाको पश्चिमभागमा पर्ने र यो रोग फैलन थालेका मुलुक गिनी, लाइबेरीया तथा सिरालीयोनमा भएका छन् । विशेषज्ञहरुले डिसेम्बरको आरम्भदेखि यो रोग प्रतिहजार १० हजारमा फैलन सक्ने चेतावी दिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु