इन्डियाबाट गाँउ फर्केका २१ जनालाई कटारीको बेलसोत क्वारेनटाईनमा राखियो

सोलुखुम्बु, चैत्र १३


कोरोना भाईरस संक्रमण जोखिमका कारण इन्डियाबाट नेपाल प्रवेश गरेका २१ जनालाई उदयपुरको कटारी नगरपालिका बेलसोतस्थित क्वारेनटाईनमा राखिएको छ ।

सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेसंगै नेपाल भित्रिएका २१ जना लाई बिहिबार क्वारेनटाईनमा राखिएको हो । उनीहरु उदयपुरकै ताप्ली गाँउपालिकाको ठानागाँउ, रुपाटार, रौतामाई गाँउपालिका र उदयपुरगढी गाँउपालिकाको रहेको खुलेको छ ।

कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई क्वारेनटाईनमै राख्ने निर्णय भएको ताप्ली गाँउपालिका स्वास्थ्य शाखा संयोजक राजेश दनुवारले बताउनुभयो । उहाका अनुसार खाद्यान्नको व्यवस्थापन भने ताप्ली गाँउपालिकालेनै गर्ने छ ।

यसैविच ताप्ली गाँउपालिकाका प्रवेशद्धारहरुमाहेल्थ डेक्स स्थापना गरिने भएको छ । पालिकाको कुमाल्टार, धारापानी, लामादि, नुनथला, रुन्चे भन्ज्याङ र निगालबास नाकामा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो ।

यस्तै पालिकाभित्रका विभिन्न विद्यालयहरुमा क्वारेनटाईन स्थापनाको तयारी गरिएको छ । जोरढुंगा आधारभुत विद्यालय, चिसापानीस्थित माध्यमिक विद्यालय, झिल्के माध्यमिक विद्यालय, ककनेश्वर माध्यमिक विद्यालय र पञ्चवती आधारभुत विद्यालयहरुमा क्वारेनटाईन स्थापनाको तयारी गरिएको संवाददाता ठविन्द्र मगरले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु