इटली : कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार भन्दा बढि

सोलुखुम्बु, वैशाख २७

 कोरोना भाइरस संक्रमणका कारण इटलीमा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप २४३ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ३० हजार २ सय १ पुगेको हो ।

शुक्रबार मृत्यु भएकाको संख्या बिहीबारको तुलनामा भने कम हो । बिहीबार २७४ जनाको मृत्यु भएको थियो ।

इटलीमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या पहिलेको तुलनामा केही घटे पनि रोकिएको भने छैन । इटलीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १७ हजार १ सय ८५ छ ।

कोरोना भाइरस संक्रमण देखिएको इटली यूरोपको पहिलो देश हो । संक्रमण रोकथामका लागि देशभर गरिएको लकडाउन हाल बिस्तारै बिस्तारै खोल्न थालिएको छ । स्रोत ;अनलाइनखबर

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!