इजिप्टका अपदस्थ राष्ट्रपति मुर्सीमाथि अर्को मुद्दा

काठमाडौं, पौष ४ । देशमा भएको संघर्षको मुख्य भागीदारको रुपमा गत महिनादेखी मुद्दा खेपिरहेका इजिप्टका अपदस्थ राष्ट्रपति मोहमद मुर्सीमाथि आतंकबाद सम्बन्धी थप मुद्दा लाग्ने भएको छ । देशमा जारी संघर्षका कारण अपदस्थ गरिएका पूर्व राष्ट्रपति मुर्सीलाई नियन्त्रणमा लिएको इजिप्टको अन्तरिम सरकारले मुर्सीमाथि प्यालेष्टायनी आतंकबादी संगठन हमास र लेवनानको हिज्बुल्लाहसंग साँठगाँठ रहेको अभियोगमा मुद्दा दायर गरिएको बताईएको छ ।
आतंकबादकै अभियाृेगमा मुर्सीका केही समर्थक बिरुद्ध पनि मुद्दा दायर गरिएको छ । मुर्सीको छोरा ओसामाले भने आफना बाबुमाथि गलत लान्छना लगाई मानवताबिरोधी कार्य गरेको भन्दै इजिप्ट सरकारको ध्यानाकार्षण गराएका छन् ।
साथै उनले आफना बाबुलाई भेट्न समेत नदिई अज्ञातस्थलमाराखेको भन्दै खेद प्रकट गरेका छन् । कारागारमा रहेका जुनसुकै अपराधका ब्यक्तिलाई भेट्न सुविधा भएकोमा आफना बाबुलाई परिवारजनले समेत भेट्न नदिएको उनको भनाई छ । इजिप्टमा सरकार बिरोधी प्रदर्शन चर्केपछी सेनाले गत जुलाईमा पूर्व राष्ट्रपति मोहमद मुर्सीलाई नियन्त्रणमा लिई नजरबन्दमा राखेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु