इआइएको झगडामा निकुञ्जको होटल एक बर्ष देखि अलपत्र

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १९ बैशाख

खुम्बु क्षेत्रका होटल तथा लजहरुले पर्यटकको चाप धान्न नसकिरहेका बेला सगरमाथा राष्ट्रिय निकुञ्जले निर्माण सुरु गरेको होटल भने एक बर्ष देखि अलपत्र परेको छ । सोलुखुम्बु स्थीत सगरमाथा आधारशिबिर जाने पदमार्गमा पर्ने लबुचेमा निर्माण भइरहेको होटलको भवन अलपत्र परेको हो ।

निकुञ्जको जग्गामा ब्यक्तिलाइ भवन बनाउन दिएर होटल संचालन गर्ने र निकुञ्जले बार्षिक राजस्व लिने योजना सहित बनाउन थालिएको उक्त भवन एक तला पर्खाल उठाएर छाडिएको छ । निर्माण जिम्मा लिएको बिशाल कन्स्ट्रक्सले भवन बनाउनु अघि बाताबरणिय प्रभाब मुल्याङकन (इआइए) नगरेको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले निर्माणमा रोक लगाएपछि एक बर्ष देखि अलपत्र परेको हो ।

२०७२ साल बैशाख १२ गते भुइचालोका कारण सगरमाथा आधार शिबिर नजिकै रहेको सरानिकाको पुरानो भवन भत्कीएपछि निकुञ्जले सोही बैशाखको २२ गते सुबिधा सम्पन्न नयाँ होटलको निर्माण गरि संचालन गर्न बिशाल कन्स्ट्रक्सन संग सम्झौता गरेको थियो । ०७३ साल असार मसान्तमा निर्माण गरिसक्ने गरि सम्झौता भए पनि इआइए नगरिएको भन्दै निकुञ्जले गत जेष्ठ १४ गतेबाट निर्माणमा रोक लगाएको बिशाल कन्स्ट्रक्सनका प्रोप्राइटर दिनेश मगरले जानकारी दिए । उनले भने, ‘पहिले सहमति गर्ने बेलामा इआइएको बारेमा कुनै कुरा नै भएन, अहिले निकुञ्जमा अर्कै हाकिम आउनुभएको छ, उहाँले इआइए बिना निर्माण गर्न मिल्दैन भनेर रोक्नुभएको छ ।’

यता सगरमाथा राष्ट्रिय निकुञ्जका वाडेन गणेश पन्तले इआइए बिना भवन निर्माण हुन नसक्ने भन्दै इआइए गरेर मात्रै काम अघि बढाउन भनिएको जानकारी दिए । प्रक्रिया नपुर्याइ काम गरिएकाले सोही बेहोराको पत्र राष्ट्रिय निकुन्जको बिभागमा पठाएको उनको भनाइ छ । पन्तले भने ‘पत्र बिभागमा पठाएको छु तर माथिबाट कुनै निर्देशन आएको छैन ।’ झण्डै २० वटा कोठा हुने उक्त होटलमा ४० जना सुत्न सक्ने सुबिधाको हुने छ ।

एक बर्ष देखि अलपत्र परे पछि उक्त भवनको निर्माण भएका पर्खालहरु पनि भत्कीएर लथालिंग बनेको छ । निकुञ्ज हाताभित्रको जग्गामा ठेक्केदार कम्पनिले निर्माण गरेको होटलबाट निकुञ्जले बार्षिक कर उठाउने गर्दछ । भवन निर्माणको सबै खर्च कम्पनिले नै बेहोर्ने सम्झौता छ । लबुचेमा यस बर्ष होटलको क्षमता भन्दा धेरै पर्यटक पुगे पछि पर्यटकहरुले सास्ती पाएका थिए । निकुञ्जले बनाउन थालेको उक्त होटल छिटै निर्माण भएर संचालनमा आए पर्यटकलाइ धेरै राहत पुग्ने पर्यटन ब्यबसायी चित्र राइले बताए ।

निकुञ्जले लबुचे नजिकै पिरामिडमा र तेङबोचेमा पनि होटल संचालन गरिरहेको छ । यस्ता होटलमा निजि होटल भन्दा नेपाली पर्यटक र पथप्रदर्शकलाइ सहुल्यत हुने भएकाले खुम्बु क्षेत्रमा निकुञ्जले संचालन गरेको होटल लोकप्रिय मानिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु