आस्थाको केन्द्र चम्पादेवी मन्दिर

नबराज कार्की,
ओखलढुङगा, फागुन २४

चम्पादेवी मन्दिर हिन्दू धर्मालम्बीहरूको जिल्लाकै सबैभन्दा महत्वपूर्ण तीर्थस्थाल हो । यो मन्दिरकै नामबाट जिल्लाको एउटा स्थानीय तहको ‘चम्पादेवी’ नामाकरण गरिएको छ ।

मन्दिर साविकको विलन्दु र कटुञ्जे गाविसको संगमस्थलको रूपमा रहेको छ । यो मन्दिरमा जानका लागि ओखलढुंगा सदरमुकामबाट कटुञ्जेहुँदै पुग्न सकिन्छ । यो क्षेत्र सदरमुकामदेखि १२ कोष पश्चिम रहेको छ ।


शेर्पा र गुरूङ जातिको परम्परागत संस्कृति र झाँक्री विद्या सिक्ने थलोको रूपमा यो ठाउँ परिचित छ । विशेष गरी यो तीर्थस्थलमा हिन्दु धर्मावलम्बीहरू जाने गरेका छन् । यहाँ गएर दर्शन गर्नाले मानोकांक्षा पुरा हुने विश्वास गरिन्छ ।

ककनीदेखि सूर्योदय र सूर्यास्तसँगै सर्वोच्च शिखर सगरमाथा, माउन्ट मकालु, लोत्से, आमादब्लम, गौरीशंकरलगायतका हिमश्रृंखला अवलोकन गर्न पाइन्छ । यहाँ विशेषगरी धान्य पूर्णिमाका दिन ठूलो मेला लाग्छ । मन्दिरमा दर्शन गर्न सिन्धुली, रामेछाप, खोटाङ, दोलखा, उदयपुर, दोलखा र राजधानी काठमाडौँसम्मका पर्यटक तथा भक्तजनको भीड लाग्ने गर्छ ।

चिताएको पुग्ने र जति तीर्थालु बढ्यो त्यही मात्रमा चम्पादेवी थान नजिकै रहेको झरनामा पानी बढ्ने धार्मिक विश्वास गरिने भएकाले भारतदेखि पनि वर्सेनि हिन्दु धर्मालम्बीहरू आउने गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!