आवास पुन निर्माणका लागि सोलुमा डकर्मी तयार गरिदै

राधा ढुंगाना
सोलुखुम्बु, १९ बैशाख

सोलुखुम्बुमा भुकम्प पिडितहरुको आवास पुन निर्माणका लागि गरिबि निबारण कोषले दक्ष डकर्मीहरुको उत्पादनमा सक्रियता बढाएको छ । झण्डै दुइ सय जना डकर्मी उत्पादन गर्ने उद्यश्यले अहिले धमाधम तालिम सुरु गरेको छ ।

ग्रिबि निबारण कोषको करिब ४४ लाख रुपैयाका लागतमा अहिले सोलुखुम्बुका बिभिन्न स्थानमा २ सय जना डकर्मी उत्पादनका लागि तालिम हुदै छ । सल्लेरी, जुनबेशी, केरुङ, देउसा र बुङमा तालिम हुने छ । सल्लेरीमा सोमबार मात्रै सकिएको तालिममा ५० जना डकर्मीले एक हप्ता तालिम लिएका छन् । प्राबिधिकहरुसंग तालिम लिएका उनीहरु अब भुकम्प प्रतिरोधी भवन बनाउन सक्षम भएको बताउछन् ।

ठगबहादुर बस्नेतले घरको चौकुना हेर्ने, लिकआउट, जोर्नी राख्ने, शिलबन्धन, झ्यालको कुना बन्धनका बारेमा राम्रो जानकारी लिएको बताए । अनुभब सुनाउदै बस्नेतले भने, ‘पहिले गर्दै आएको काम र अहिले सिकाइमा धेरै फरक छ ।’

गरिबि निबारण कोषको साझेदारी सस्थाहरु गरिबि निबारण कोष, योङस्टार क्लब र हिमालयन यति क्लब मार्फत ती डकर्मीहरु उत्पादन हुदैछन् । ग्रामिण भेगमा निर्माण हुने बिना पिल्लरको भुकम्प प्रतिरोधी भवन निर्माण गर्न गमिण डकर्मी तालिमले भुकम्प प्रतिरोधी भवन निर्माणमा सहयोग पुग्ने इन्जिनियर किरण भण्डारीले बताए ।

तालिम लिएका ती डकर्मीहरु अब पुन निर्माण प्राधिकरणको मापदण्ड भित्र दक्षता हासिल गरेको मानिने भएकाले प्रधिकरणले पनि उनीहरुलाइ सहजै लिने र आवास पुन निर्माणमा सहयोग पुग्ने गरिबि निबारण कोष सालुखुम्बुका प्रमुख उत्तम खड्काले जानकारी दिए ।

भुकम्प पछिको पुन निर्माणमा सरकारले दोस्रो चरणमा राखेको हिमाली जिल्ला सोलुुखुम्बुमा अहिले सम्म अनुदान सम्झौता सुरु गरेको छैन । लगत संकलन गरे पनि पहिलो किस्ताको रकम दिन अहिले सम्म सुरु गरेको छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु