आलुमा किरा लागेपछि सोलुका कृषक चिन्तित्

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, कार्तिक २६

आलुमा किरा लागेपछि सोलुखुम्बुका कृषक चिन्तित बनेका छन् । जिल्लाको सल्लेरी, तिङला, सल्यान, पन्चन, काँकु बासा लगायतका क्षेत्रमा लगाईएको आलुमा किरा लागेपछि कृषकहरु चिन्तित बनेका हुन् ।

काँकु कोफुमा ३२ कृषकले उत्पादन गरेको ८५ प्रतिशत आलुमा किरा लागेको कृषकहरुले बताएका छन् । खुम्रे आकारको किराले भण्डारण गरेको ५ मुरी आलु नष्ट गरेको कोफुका कृषक देउराज राईले बताए ।

नेचासल्यान गाउँपालिकाको माथिल्लो क्षेत्रमा लगाईएको आलुमा बाहिर हेर्दा सामान्य जस्तो देखिए पनि भित्री भागमा किरा देखिएको कृषक सोनाम लाक्पा शेर्पाले बताए । बारिमा रोपेको आलुको बोटमा कटुवा किरा लागेको भएपनि आलु भित्र लागेको पहिलो चोटि देखा परेको उनको भनाई छ ।

तिङला र सल्लेरी क्षेत्रमा पनि आलुमा किरा लागेको पाईएको छ । तिङलाको अधिकांश कृषकले भण्डारण गरेको आलुमा किरा लागेको संवाददाता कर्ण कार्किले जानकारी दिए । पुतलीको लार्भा आकारको किराले तिङला क्षेत्रका कृषकले भण्डारण गरेको ८० प्रतिशत आलु नष्ट गरेको स्थानिय कृषक ओम सिङ कार्किको भनाई छ ।

कृषकहरुले आलुमा लागेको किराको पहिचान गरि क्षतिपुर्तिको माग गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु