आर्मी शानदार जितसँगै सेमिफाइनलमा

सुनसरी, माघ ८ । त्रिभुवन आर्मी क्लब इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको ड्रुक युनाइडेट एफसीलाई ५–० ले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्मीको जितमा पदम तामाङ र दिनेश हेन्जेनले समान २/२ गोल गरे भने टंक बस्नेतले एक गोल गरे । पदम खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार आयोजक जागृति क्लब इटहरी र भारतको गरिफा स्पोर्टिङ क्बलबीच खेल हुने जनाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु