विश्व कीर्तिमान तोडेर स्वर्ण जितिन् केटीले

222साउन २४ – अमेरिकाकी पौडी खेलाडी केटी लेडेकीले विश्व कीर्तिमान बनाएकी छन् । उनले महिलाको चार सय मिटर फ्रिस्टाइल स्पर्धामा विश्व कीर्तिमान बनाउँदै रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् । उनले तीन मिनेट ५६ दशमलव ४६ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेकी हुन् । यसको प्रारम्भीक चरणमा उनले तीन मिनेट ५८ दशमलव ७१ सेकेण्डमा दूरी पूरा गरेर ओलम्पिकमा कीर्तिमान बनाएकी थिइन । केटीले आफ्नै नाममा रहेको विश्व कीर्तिमान स्वर्ण जित्ने क्रममा तोडेकी हुन् ।

यसअघि उनले तीन मिनेट ५८ दशमलव ३७ सेकेण्डको विश्व कीर्तिमान बनाएकी थिइन् । यो स्पर्धामा बेलायतकी ज्याज कारलिनले चार मिनेट एक दशमलव २३ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितिन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु