आफूखुशी मूल्य लिदै् सल्लेरीका ग्याँस बिक्रेता

शशिशेखर घिमिरे,
असोज २२ सोलुखुम्वु ।
सोलुखुम्वु सदरमुकाम सल्लेरीमा रहेका अधिंकाश ग्याँस विक्रेताले उपभोक्तासंग आफूखुशी मूल्य लिने गरेको पाईएको छ । वजार क्षेत्रमा रहेका पसलहरुमा विभीन्न किसीमका कंम्पनीको विक्रीको लागी राखिएको ग्याँस सिलीण्डरमा एकरुपता नहुँदा उपभोक्ता ठगिर्दै आएको पाईएको छ । विक्रेताहरुले भने ढुवानी खर्चमा लाग्ने लागत र मजदूरहरुलाई दिईनुपर्ने ज्यालाका कारण समेत मूल्यमा घटवढ भएको वताएका छन् ।

ग्याँस सिलीण्डर जथाभावी भण्डार गरिदां सिलीण्डरमा खिया लाग्ने ,ग्याँस लिक हुन सक्ने जस्ता जोखिममा समेत व्यापारीहरुले ध्यान दिन सकेको देखिदैन् । अत्यधिक प्रज्जवलनशिल पर्दाथवाट हुन सक्ने संभावित क्षति न्यूनिकरण तर्फ पनि जिल्ला प्रशासन कार्यालयले समेत ध्यान नदिदां जोखिम समेत वढाउदै लगेको देखिन्छ । ढुवानीको नाममा व्यवसायिले आफुखुसी मुल्य लिनु उपभोक्ताको हकहितमाथि हनन भएको उपभोक्ता हकहित संरक्षण मन्चका जिल्ला अध्यक्ष आङजाङबु शेर्पाले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु