आन्दोलनरत विद्यार्थी र सरकार बीच आज वार्ता हुने

हिमाल एफ एम, चैत्र ३- सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि विरुद्ध आन्दोलनरत् बिद्यार्थी संगठनहरुसंग आज वार्ता गर्दैछ । वार्ता गर्न वाणिज्य सचिव माधव रेग्मीको नेतृत्वमा हिजो सात सदस्यीय टोली गठन गरिएको थियो । विद्यार्थी संगठनहरुले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएलगत्तै हिजो सरकारले वार्ता टोली गठन गरेको हो ।

यसअघि मूल्यबृद्धि फिर्ता लिन माग गर्दै १७ वटा विद्यार्थी संगठनले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर सत्तारुढ दलका विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु सहितका १७ विद्यार्थी संगठनले मुल्यवृद्धि फिर्ताको माग राखेर ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थी संगठनहरुले जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्नेगरी पेट्रोलिम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!