आन्तरिक पर्यटन प्रवद्र्धनका लागी खुम्बुमा फुटसल खेलाइदै

राधा ढुंगाना
सोलुखुम्बु, ५ साउन-
आन्तरिक पर्यटन प्रबद्र्धनका लागि खुम्बु क्षेत्रमा फुटसल प्रतियोगिता गरिने भएको छ । यही साउन १५ र १६ गते खुम्बुमा खुम्बु फुटसल खेलको आयोजना गरीने भएको हो । नाम्चे युथ ग्रुपको आयोजनामा आन्तरीक पर्यटनलाई बढवा दिन जिल्ला स्तरीय खुम्बु फुटसल खेलको आयोजना गरिएको नाम्चे युथ क्बलका संयोजक तथा जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष लामाकाजी शेर्पाले बताए । ४० समुह सम्म सहभागी हुनसक्ने अनुमान गरीएको छ ।
अहिलेसम्म १२ समुह दर्ता भईसकेको संयोजक शेर्पाले जानकारी दिए । सगरमाथाको प्रबेशद्धार नाम्चे बजार स्थित हिमालयन प्राविको खेल मैदानमा प्रतियोगिता हुने छ । खेलमा पहिलो हुनेलाइ ७० हजार र दोस्रोलाई ४० हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र प्रदान गरीने छ । खुम्बुमा बाह्य पर्यटक मात्रै प्रबेश भइरहेका बेलामा खुम्बुको पर्यटनलाइ सदाबहार बनाउन र दिगोपनका लागि आन्तरिक पर्यटकलाइ पनि प्राथमिक्ता दिन खेलको आयोजना गरिएको हो ।
साथै मे २९ मा सगरमाथा दिवसको अवसरमा सर्वाधि रासीको भलीबल खेलको आयोजना गरीने पनि शेर्पाले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु