आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सगरमाथा फेदीमा सर्वाधिक पुरस्कार राशीको भलिबल हुदै

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, चैत्र १३

बिश्वको सर्बाेच्च शिखर सगरमाथाको फेदी सोलुखुम्बुको नाम्चेबजारमा सर्बाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । बिदेशी पर्यटक मात्रै पुग्ने खुम्बुमा नेपाली पर्यटक पनि भित्र्याउनका लागि नेपालकै सर्बाधिक राशीको भलीबल प्रतियोगिता गर्न लागिएको हो । खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाइ पनि बढवा दिन भन्दै सगरमाथा दिबस अर्थात मे २९ (जेष्ठ १५)मा नाम्चेबजारमा भलिबल सहित सांस्कृतीक कार्यक्रम गर्न लागिएको आयोजक नाम्चे युवा समुहका उपाध्यक्ष एब खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिए ।

‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाऔँ ।’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको उक्त प्रतियोगिताका लागि आर्थिक श्रोतहरु समेत जुट्ने निश्चीत भएकाले कायृक्रम गर्ने निश्चीत भएको आयोजकको भनाइ छ । कार्यक्रम गर्न नेपाल पर्यटन बोर्ड, बिभिन्न ट्रकिङ कम्पनीहरु सहित हिमालय क्षेत्रमा काम गरिरहेको संघसस्थाहरुको साथ रहने जनाइएको छ । सगरमाथा अबस्थीत खुम्बु क्षेत्रमा बार्षिक ३० देखि ३५ हजारको संख्यामा बिदेशी पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रबेश गर्ने गरेपनि नेपाली पर्यटकहरु खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाइ पनि प्राथमिक्ता दिनु पर्ने आयोजकको भनाइ छ ।

Namche

प्रतियोगितामा पहिलो पुरस्कार ३ लाख ५१ हजार १ सय ५०, दोस्रो पुरस्कार, २ लाख ८१ हजार १ सय ५०, तेस्रो पुरस्कार, २ लाख ११ हजार १ सय ५० रुपैयाँ, सर्बाेत्कृष्ट खेलाडीलाइ ५० हजार नगदका साथमा ट्रफी मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ । यो पुरस्कार राशी नेपालमा संचालित कुनै पनि भलिबल प्रतियोगिता मध्यसबै भन्दा ठुलो राशी भएको आयोजकको भनाइ छ ।

प्रतियोगिताको उद्घाटन आगामी जेष्ठ ७ गते गर्ने निश्चीत भएको छ । जेष्ठ ४ गते साँझ टिम दर्ता गराइसक्नु पर्ने र टिम दर्ता शुल्क ३ हजार रुपैयाँ राखीएको शेर्पाले बताए । खुल्ला प्रतियोगिता गरिएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानिय क्लबहरु पनि सामेल हुनु भएकाले एउटा समुहमा दुइ भन्दा बढि राष्ट्रिय खेलाडीहरु समाबेश गर्न नपाइने नियम बनाइएको आयोजकले जनाएको छ ।

खुम्बुमा आन्तरिक पर्यटकलाइ हेला गरिन्छ भन्ने भ्रम चिर्न पनि कार्यक्रम गर्न लागिएको खेल संयोजक शेर्पाले जानकारी दिए । खुम्बुको पर्यटन बिदेशी भन्दा स्वदेशी पर्यटक मार्फत प्रबद्र्धन गर्न सकिने निष्कर्ष आफुहरुको रहेको नाम्चेका अगुवा सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए । खुम्बुका अधिकांश पर्यटकिय गाउँहरुमा आतिथ्य सत्कारका लागि आबश्यक होटल तथा लजहरु निर्माण भइसकेकाले अब जति पर्यटक आएपनि सेवा दिन सक्ने आाकलनले आनतरिक पर्यटनलाइ पनि बढवा दिन लागिएको नाम्चेका स्थानिय छिमीकाल्देन शेर्पाले जानकारी दिए ।

केही बर्ष पहिले पनि नाम्चेका बासिन्दाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न भन्दै नाम्चे महोत्सब गरेको थियो । तर त्यसले निरन्तरता पाउन नसकेपछि यस्तो प्रतियोगितात्मक कार्यक्रमहरु गर्न लागिएको लामाकाजीको भनाइ छ । गत बर्ष पनि नाम्चे युवा समुहले फुटसल प्रतियोगिता गरेको थियो । त्यस समय पनि सयौँ आन्तरिक पर्यटक भित्र्याउन सकेको भन्दै यस पटकको बृहत कार्यक्रमले ५ हजार आन्तरिक पर्यटक भित्र्याउन सकिने आयोजकको लक्ष्य छ । बिदेशी पर्यटकलाइ भन्दा नेपालीलाइ निक्कै शहुल्यतमा सेवा दिन खुम्बुका होटल ब्यबसायीहरु तत्पर रहेको उनीहरुको भनाइ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु