आज विश्व धुम्रपान रहित दिवस मनाइँदै

हिमाल एफ एम, जेष्ठ १७- आज विश्व धुम्रपानरहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुँदैछ । सूर्तिजन्य पदार्थमा कर बढाऔं, रोग तथा मृत्यु घटाऔं’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
धूम्रपानका कारण नेपालमा वर्षेनी १५ हजार जनाको मृत्यु हुने गरेको छ । नेपालमा २४ प्रतिशत पुरुष तथा १६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको बताइएको छ ।चुरोट, विँडी, सिगार, पाइप, हुँक्का, पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण नेपालमा वार्षिक १५ हजारभन्दा बढीको ज्यान जाने गरेको बताइन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु