आज मृगौला दिवस

फागुन २९। विश्व मृगौला दिवस आज मृगौला रोग तथा यसबाट बच्ने उपायहरुबारे सचेतनामुलक कार्यक्रमको आयोजना गरी नेपालमा पनि मनाइँदैछ । दिवसका अवसरमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुले निशुल्क परिक्षणका साथै कार्यक्रम आयोजना गरेका छन् । नेपालमा करिब ३० लाख व्यक्तिमा कुनै न कुनै प्रकारको मृगौला सम्बन्धि विरामी रहेको तथ्यांक छ । विश्वमा प्रत्येक १० जना मध्ये एक जनामा मृगौला सम्बन्धि समस्या रहेको अध्ययनले देखाएको छ । त्यस्तै हरेक वर्ष २६ हजारदेखि ३० हजार मानिसको मृगौलाले काम गर्न छोड्ने गरेको तथ्यांक छ ।
उमेरसँगै देखिने मधेमेह, उच्च रक्तचाप, मुटुरोग लगायत कारण मृगौलामा समस्या देखिने गरेको विशेषज्ञहरु बताउँछन् । समयमै उपचार भएमा रोग निको हुनुका साथै रोगको गतिलाई समेत नियन्त्रणमा राख्न सकिन्छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले दिवसका अवसरमा खुलामन्चमा निशुल्क मृगौला परिक्षण गर्दैछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!