आज माघ १६ गते सहिद दिवस

सोलुखुम्बु, १६माघ –
आज माघ १६ गते सहिद दिवस । स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्व प्राप्त गर्ने सहिदको सम्मानमा हरेक वर्ष आजैका दिन सहिद दिबस मनाउने गरीन्छ । बिसं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्डाएर तत्कालीन राणा शासकले हत्या गरेका थिए । त्यसको दुई दिन पछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिद दिवसका अवसरमा राजधानीको लैनचौरमा रहेको सहिद पार्कमा आज विशेष कार्यक्रम हुदैछ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मावलीले सहिदहरुको प्रतिमामा माल्यार्पण गरी सहिदहरुप्रति श्रद्धाजली प्रकट गर्नुहुने कार्यक्रम छ । आजै सहिद गेटमा पनि श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ । सरकारले सहिद दिबस बाहेक अन्य बेला सहिदहरुलाइ संझने गरेको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!