आज प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाईयो, सोलुमा ७ जना प्रहरी सम्मानित


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज २४

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले गाउँमा सुरक्षाका लागि मात्र नभई सामाजिक विकास निर्माणका काममा पनि सघाउनका लागि पनि प्रहरी संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभएकोे छ । आज ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलयमा आयोजित कार्यक्रममा उहाँले सर्वसाधरणका लागि सुरक्षाका लागि नेपाल प्रहरी रातदिन खटेको बताउनुभएको हो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक नारयण प्रसाद चिमोरियाले चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएकाले यसलाई अन्य समयमा पनि निरन्तरता दिईने बताउनुभयो । सर्वसाधरण ठगिनबाट बचाउनका लागि पनि चेतना मुलक कार्यक्रम अन्य समयमा पनि सञ्चालन हुने उहाँले प्रतिक्रिया दिनुभयो । कार्यक्रममा जिल्लामा उल्लेखनिय कार्य गर्ने नेपाल प्रहरीमा कार्यरत ७ जना प्रहरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ईलाका प्रहरी कार्यलयमा कार्यरत प्रहरी सहयाक निरिक्षक प्रविण कार्की र प्रहरी हबल्दार राजन कार्कि रहेका छन् ।

यस्तै जिप्रका सोलुमा कार्यरत अस्थायी ट्राफिक पोष्टका ईन्चार्ज सञ्जिव चौधरी, प्रहरी हवल्दार रन्जना कुमारी खड्का, हवल्दार संजय प्रसाद यादबलाई पनि सम्मान गरीएको छ । अस्थायी प्रहरी चौकि तामाखानिका प्रहरी हवल्दार केदार दनुवार र रोशन बम्जन लाई प्रमाण पत्रको साथमा नगद प्रदान गरिएको छ । उता, जिल्ला प्रहरी कार्यलय ओखलढुङगा र खोटाङले पनि विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु