आज देखि भृकुटीमण्डपमा दोहोरी मेला

सोलुखुम्बु । संगै जाँउ है दोहोरी गाउँ है, काठमाडौमा हुदैछ धुमधामै

आज फागुन १२ गते, भृकुटीमण्डपमा दोहोरीको मेला शुरु हुदैछ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान, नेपालको आयोजनामा हुन लागेको अन्तर दोहोरी साँझ रनिङ शिल्ड दोहोरी प्रतियोगीता आगामी १६ गते सम्म चल्नेछ ।

16174437_670830539764136_9006118564335530358_n

प्रतियोगीताको उद्घाटन भुकम्प पुर्ननिर्माण प्राधिकरणका सिईयो डा. गोविन्द पोख्रेलले गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बद्रि पंगेनीले जानकारी दिए । साथै, लोक कला संस्कृतिको संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै ईमेज च्यानलका प्रमुख आर.के. मानन्धरलाई सम्मान समेत गर्न लागिएको पंगेनीले बताए ।

राजधानी र मोफसलका दर्जनौ दोहोरी साँझका कलाकारको दोहोरी भिडन्त र चर्चित कलाकारको आकर्षक प्रस्तुती र नृत्य प्रस्तुत हुने कार्यक्रमवाट संकलित रकम प्रतिष्ठानको भवन निर्माणमा खर्च गरिने उद्देश्य लिईएको छ । भवन निर्माणकै लागि देश विदशेका लोककलाकर्मी तथा शुभचिन्तकवाट आर्थिक सहयोग संकलन तिब्र गतिमा अघि बढेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश विजीले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु