आजपनि संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

111काठमाडौं, असार १२ – प्रमुख प्रतिपक्ष दलको अडानका कारण संसदीय प्रक्रिया रोकिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेपछि संसदीय प्रक्रिया अवरुद्ध भएको छ ।

आज बस्ने व्यवस्थापिका संसदको बैठक पनि चल्न नदिने कांग्रेसले बताएको छ । संसद नचल्ने भएपछि दर्जनौ विधेयक र विनियोजित बजेट माथिको छलफल अवरुद्ध हुने भएको छ ।

संसद सचिवालका अनुसार सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति गराउन बिहान १० बजेपछि प्रमुख सचेतकसँग छलफल गर्ने तयारी गर्नुभएको छ । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु