आगोलागीबाट ५७ लाखको क्षति

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ १४

सोलुखुम्बुको लुक्लामा एक घर जल्दा ५७ लाख बराबरको क्षति भएको छ ।

खुम्बुपासाङल्हमु गाउँपालिका २ लुक्लाका लाक्पा रिन्जी शेर्पाको घरमा सोमबार दिउँसो अचानक आगलागी हुदा घर जलेर पुर्ण रूपमा नष्ट भएको हो ।

मिटर बक्समा विद्युत सर्ट भएर लागेको आगो स्थानियबासी, प्रहरी र सेनाको सहयोगले नियन्त्रणमा लिईएको थियो । स्थानिय स्तरमा जडित अग्नि नियन्त्रण प्रणालीबाट समयमै आगो नियन्त्रण गर्न सफल भएको कारण वरपरका घरहरू आगो सल्किन नपाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद जल्दा ५७ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक अमर निरौलाले बताए ।

शेर्पाको घरमा सोताङ गाउँपालिका ४ का लाखमान तामाङको परिवार भाडामा बस्दै आएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु