आगोलागीबाट निजि जंगल सखाप

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ४

सोलुखुम्बुको सोताङ स्थित निजि जंगलमा अगोलागि हुदा लाखौको क्षति भएको छ ।

सोताङ गाँउपालिका ५ सिरान क्षेत्र भिरकुनाबाट गएरातिबाट लागेको आगोले जंगलबा सना–ठूला रुख सखाप पारेको रेडकक्रस सोसाईटी उपशाखा सोताङका कोषाध्यक्ष धन कुमार विश्वकर्माले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सोताङ, रेडक्रस सोसाईटी उपशाखा र स्थानियको घण्टौको प्रयासले सोमबार दिउँसो २ बजेबाट आगो नियन्त्रणमा लिईएको हो । आगो लगाउने समूहको पहिचान हुन सकेको छैन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु