आगामी निर्वाचन कांग्रेसको पोल्टामा – महामन्त्री कोईराला

सोलुखुम्बु – नेपाली कांग्रेसका महामन्त्री शंशांक कोईरालाले नेकपाका जनप्रतिनिधिहरुको कार्यशैली कै कारण आगामी निर्वाचन कांग्रेसको पोल्टामा आउने दाबी गरे । शनिबार सोलुखुम्बुको मुक्लीमा कांग्रेस थुलुङ दुधकोशीको आयोजनामा भएको खुल्ला सभालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले आगामी निर्वाचन कांग्रेसको पक्षमा आउने दाबी गर्दै त्यसको लागि कांग्रेसका नेता तथा कार्यकर्ता एक हुन आवश्यक रहेको बताए ।

फोटो – धन कुमार ढुंगेल


कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले स्थानीय तहमा भएको भष्ट्राचारविरुद्ध लड्नका लागि तयार भएर बस्न जनतालाई आग्रह गरे । कांग्रेस नेता धनराज गुरुङले जनतामाथी कर थुपारेर नेकपा सरकार एकलौटी रुपमा अघि बढेको आरोप लगाए । कांग्रेस नेता तथा सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार पुर्णतया असफल भएको बताए । उनले दुईबर्षको समिक्षा गर्दा ओली सरकार सफलताको परिक्षामा अनुत्तिर्ण बनेको र उत्तिर्ण हुने क्षमता पनि नभएको जिकिर गरे ।

थुलुङ दुधकोशी नेपाली कांग्रेस सभापति महेन्द्रदीप राईको अध्यक्षतामा भएको सभामा नेकपा पार्टी परित्याग गरेर दर्जनौ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेसका नेताहरुले अविर र खादा लगाएर स्वागत गरेका छन् । सभामा जिल्लास्तरका नेता तथा कार्यकर्ता सहित शुभेच्छुकहरुको उपस्थिती रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!