आगामि असार भित्र गुदेल विमानस्थलको ईआईए गरीने

सविन राई सोलखम्ब, माघ ३ – सोलखम्बको गुदेलमा निर्माणाधिन महाकलङ एयरपोर्टको बाताबरणीय प्रभाव मल्याङकन् हुने भएको छ । यस अघिनै विस्तृत सर्भेक्षण भैसकेको महाकलङ एयरपोर्टलाई आउदो असारभित्र बाताबरणीय प्रभाव मल्याङकन गरिसक्नुपर्ने बाध्यता रहेको छ ।

विमानस्थल निर्माणको लागि कुल लागत बजेट, प्रारम्भिक सर्भेमा २७ करोड मात्रै भएपनि, डिटेल सर्भेमा १ अर्ब १६ करोड ६२ लाख १२ हजार २ सय पचासी रुपैयाको बजेट खाका तयार पारिएको छ ।

नागरिक उड्यान मन्त्रालयबाट बजेट निकासाको लागि कार्य भैरहेको र निर्माणको काम शरु गर्नका लागि अहिलेसम्म कनै संस्थासंग संझौता नभएको ईन्जिनियरीङ एण्ड एडकेशनल सर्भिसेस प्रालिका प्रबन्ध निर्देशक राजिब बरालले वताउनु भयो ।

गुदेलमा बन्न लागेको एस.टी.ओ.एल. एयरपोर्टको रनवे लम्बाई सातसय ८० मिटर र चौडाई ५० मिटर प्रस्ताव गरिएको छ । जम्मा परिधी लम्बाई र चौडाई क्रमश हजार ८५ र तीनसय ८० मिटर हुने विमानस्थल निर्माण सम्पर्क समिति काठ्माडौका सचिब सुर्य कुलुङले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु