आखिर कस्ले मन पराउन थाल्यो, शोभालाई ? (भिडियो सहित)

सोलुखुम्बु । अविवाहित गायिका शोभा त्रिपाठीले ‘मन पराउन थाल्यो मायाले’ भन्दै बजार झरेपछि अड्कलबाजी गर्नेहरु धेरै देखिएका छन् ।

टेलिभिजनमा हरेक दिन विहान झल्किने अनुहारलाई कस्को मनमा सजिन पुगिन् यो भने उनले गोप्य नै राखेकी छिन् । शिवजीको पुजापाठ लाएपछि भनेजस्तो माया पाएको कारण भने खुलासा गरेकी छिन् । उनले गीतकै माध्यमवाट भनेकी छिन्,

मैले साडी लाएको फोटो खिचेर फेसबुकमा हाल्यो मायाले

फेसबुकमा फोटो हालेपछि यस्ले पनि मन पराउन थालेको सुखद अनुभूति गरेको कुरालाई गीतजालमा बुनेकी हुन् । तर यो वास्तविक जीवनमा नभएर तिजको गीतमा बुनिएको विषय मात्र हो ।

Shova

९ बर्ष देखि एकनारायण भण्डारीको सृजनालाई आफ्नो प्रस्तुतीको रुपमा बजार ल्याईरहेकी शोभाले तिजको पेरिफेरीमा हुने कार्यक्रममा आफ्नो स्थानलाई सुरक्षित बनाउदै आएकी छिन् ।

मोडलिङ समेत गर्ने उनले शंकर विसीद्धारा निर्देशित गीतको भिडियोमा छमछमी नाचेकी समेत छिन् । गीतलाई गुडमर्निङ नेपालले बजार व्यवस्थापन गरेको छ ।

यसअघि एकनारायण भण्डारीकै सृजनामा रातो पासपोट, आमाले दिएको, करेली टिपेर अचारै बनाउला, छ भने माया जस्ता लोकप्रिय गीत बजारमा प्रस्तुत गरेकी शोभाले यो बर्ष ‘मन पराउन थाल्यो मायाले’ र ‘बाध्यता हो’ तिज कोशेली बजारमा पठाएकी छिन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!