‘आउछौ तिमि’ लिएर यशोदा बजारमा (भिडियो सहित)

सोलुखुम्बु । गायिका यशोदा खालिङ आधुनिक गीत ‘आउछौ तिमि’ लिएर डिजिटल बजारमा प्रस्तुत भएकी छिन् ।

केहि समय अघि एल्बम शायद–२ वाट शिखर गजरकोटेको गीत र आशुतोष राईको संगीतमा दिनेश न्यौपानेसंग ‘झुटो हैन माया’ गीत प्रस्तुत गरेकी गायिका खालिङले ‘आउछौ तिमि’ बजारमा ल्याएकी हुन् ।

गीतमा आर्जु विष्ट ‘सल्यानी’को शब्द र पविधन खालिङको संगीत रहेको छ । गायिका खालिङ सोलुखुम्बुको जुभिङमा जन्मेकी हुन् भने संगीतकार खालिङ पनि सोलुखुम्बुकै हुन् । यी दुवै अहिले अमेरिकामा बस्दै आएका छन् ।

रमेश सुनुवार र ममता राईको अभिनय रहेको गीतको भिडियोलाई रमेश सुनुवारले निर्देशन गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!