आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल नेदरल्याण्ड्ससँग खेल्दै

kkkकाठमाडौं, साउन २९ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्स र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट सुरु हुनेछ।

नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ। नेपालले तीन राष्ट्रसँग खेलेका ६ खेलमध्ये चार खेल गुमाएको थियो भने दुई खेलमा विजयी भएको थियो।

नेपाल घरेलु मैदानमा भएको खेलमा नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो। नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भने चारै खेलमा पराजित भएको थियो।

नेदरल्याण्ड्सविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। अघिल्ला चार खेलमा जित हात पारेको घरेलु टोली नेदरल्याण्ड्स बलियो टोली हो।

विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले नेदरल्याण्ड्समाथि दुई विकेटको जित हात पारेको थियो। नेपालले नेदरल्याण्ड्ससँग आफ्नो दोस्रो खेल भोलि खेल्नेछ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु