आइएसका शीर्ष कमान्डर लिवियाको शरणमा

555काठमाडौं, माघ २१ – इराक र सिरियाका चरमपन्थी संगठन इस्लामिक स्टेटका केही शीर्ष कमान्डर लिवियामा शरण लिएर बसेको खुलासा भएको छ ।

लिवियाका गुप्तचर अधिकारीहरुले पछिल्ला केही महिनादेखि इराक र सिरियाका आइएसका शीर्ष कमान्डर लिवियामा शरण लिएर बसेको खुलासा गरेका हुन् ।

उनीहरुले केही विदेशी लडाकु लिवियाको सिरते शहरमा पुगेको बताएका छन् । आइएसले अघिल्लो वर्ष सिरते शहर कब्जामा लिएको थियो ।

लिवियामा प्रशासनिक निकायबीचको असहमतिका कारण आइएसविरुद्ध कुनै कडा कारबाही हुन सकेको छैन । सिरते शहर पूर्व लिवियाली नेता मुअम्मर गद्दाफीको गृहनगर हो ।

गद्दाफी समर्थकहरुले नै आइएसलाई सहयोग गरिरहेको बताइएको छ । लिवियाका गुप्तचर विभागका प्रमुख इस्माइलले आइएसमा ७० प्रतिशत लडाकु विदेशी भएको बताएका छन् ।

यसमा सबैभन्दा बढी ट्युनिसिया, इजिप्ट, सुडान र अल्जेरियाका लडाकु भएको उनको भनाइ थियो । उनले आइएसका लडाकुले लिवियालाई सुरक्षित मान्दै शरण लिएको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु