आंशिक प्राध्यापकसँग वार्ता गर्न शिक्षा मन्त्रालयद्वारा तीन सदस्यीय वार्ता समिति गठन


हिमाल एफएम,२२ असोज ।

आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकसँग वार्ता गर्न शिक्षा मन्त्रालयले तीन सदस्यीय वार्ता समिति बनाएको छ । शिक्षा मन्त्रालयका सहसचिव तथा योजना महाशाखाका प्रमुख डिल्ली रिमालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाइएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिनुभयो ।

समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र त्रिभुवन विश्वविद्यालयका योजना महाशाखा प्रमुख प्राध्यापक डाक्टर ऋदिश पोखरेल हुनुहुन्छ । आंशिक प्राध्यापकलाई करार बनाउन माग गर्दै त्रिविको मुल ढोका कीर्तिपुरमा १२ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शिक्षा मन्त्रालयले मागका विषयमा छलफल गर्न औपचारिक वार्ता समिति बनाएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु