अस्पताल निर्माणका लागि महायज्ञ शुरु

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ३

थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा अस्पताल निर्माणका लागि श्रीमत भागवत ज्ञान महायज्ञ शुरु गरिएको छ ।

५० शैयाको दुधकोश्ी सामुदायीक अस्पताल निर्माणका लागि सप्ताहव्यापी महायज्ञको आयोजना गरिएको छ । उद्घाटन शनिबार गरिएपनि कथाबाचन आजबाट हुदैछ । पण्डित दिनबन्दु पोखरेलको वाचकत्वमा हुने महायज्ञ विहान १० देखि साँझ ५ बजेसम्म रहने गाउँपालिकाले जनाएको छ ।

महायज्ञको मायध्मबाट २० करोड सहयोग संकलन गर्ने र २० हजार भन्दा बढि आन्तरिक पर्यटक भित्राउने लक्षय राखिएको छ । संकलित रकमले आगामी दुई बर्ष भित्र सुविधासम्पन्न अस्पताल निर्माण गरिनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु