अस्पताल खोल्ने महायज्ञका लागि ५ हजार १ सदस्यीय समिति

सोलुखुम्बु/२७ कात्तिक ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले अस्पताल निर्माण सहयोगार्थ आयोजना गर्ने महायज्ञका लागि ५ हजार १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । काठमाण्डौमा सरोकारवालाहरुको भेला आयोजना गरि गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा महायज्ञ ब्यवस्थापन र सञ्चालनका लागि समिति निर्माण गरिएको हो । ५० शैयाको अस्पताल निर्माणका लागि आगामि चैत्र २ देखि ९ सम्म आयोजना गरिने बृहत महायज्ञको समितिको महासचिवमा विमल बस्नेत र कोषाध्यक्षमा बलराम गुरुङ चयन हुनु भएको छ । धार्मिक तथा सामाजिक सद्भाव अभिबृद्धिका अतिरिक्त अस्पताल निर्माणका लागि महायज्ञ मार्फत २० करोड रकम संकलनको लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । सोलुखुम्बु, खोटाङ र ओखल्ढुंगा जिल्लाका जनतालाई लक्षित गरि गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण गरिने अस्पतालको विस्तृत परियोजना निर्माणको काम थालनी गरिएको जनाईएको छ । गाउँपालिकाले अत्याधुनिक सुविधा सहितको अस्पताल स्थापना गरेर नमुना स्वास्थ्यग्रामकै रुपमा विकसित गरिने अध्यक्ष राईले दाबी गर्नुभयो । कार्यक्रममा बाचन प्रविण पण्डित दिनबन्धु पोख्रलले महायज्ञका माध्यमबाट आध्यात्म .र विज्ञानको समायोजन मार्फत समता मुलक समाज निर्माणमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा प्रतिनिधि सभा सांसद हेमकुमार राई, प्रदेश सभा सांसद द्वय उत्तमकुमार बस्नेत, बुद्धिकुमार राजभण्डारीले अस्पताल निर्माणको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । भेलामा नेपाल सरकारका सह सचिव डा.योगेन्द्रकुमार कार्की, पुर्व सांसद भुपाल किराँती लगायतले पवित्र धार्मिक तथा सामाजिक कार्यमा सहयोगको ऐक्वबद्धता प्रकट गर्नुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु