असल आचरण बोक्न कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईको आग्रह

शिखर जंग श्रेष्ठ
सोलुखुम्बु, जेठ १०
नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले नेता तथा कार्यकर्तालाई असल आचरण बोकेर अघि बढ्न आग्रह गरेकी छिन् । नेपाली कांग्रेस सोलुदुधुकण्ड नगरपालिकाले सल्लेरीमा आयोजना गरेको जागरण अभियानमा अभियान प्रतिनिधि समेत रहेकी नेतृ राईले नेता भष्ट्र हुदा जनताले पनि साथ छाड्ने भएकाले इमानदार हुन आग्रह गरेकी हुन् ।
उनले केन्द्रिय तहबाट कार्यक्रममा सहभागी नबन भन्दाभन्दै पनि दुवै पक्षको जागरण कार्यक्रममा सहभागी बनेर राम्रो गरेको दाबी समेत गरिन् । ‘सोलुमा पनि एकताको खाँचो रहेको सन्देश बोकेर फर्कनेछु ।’ उनले भनिन्, ‘एकता र असल आचरण विना जनताको साथ असंभव छ ।’ सुधार आफ्नैबटा खोज्न जिल्ला तहका नेताहरुलाई आग्रह गरे ।


सरकारको काम जनताको भावना विपरित
कांग्रेस सोलुका पुर्व सभापति आङगेलु शेर्पाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । जागरण कार्यक्रममा शेर्पाले पुर्वाधार विकास भन्दा मानव संसाधनको विकास आजको आवश्यकता भएपनि सरकार विना योजना रेल र पानीजहाजको निष्प्रभावी सपना बाड्नमै व्यस्त रहेको दाबी गरे । मूलुक व्यापारघाटामा फसेको अवस्थामा पनि गर्व गर्नुको कुनै औचित्य नभएको बताए । फरक प्रसंगमा नेता शेर्पाले जिल्लामा अलोकतान्त्रिक विधिबाट अधिबेशनको नाटक मन्चन भएकाले फरम मत राख्न बाध्य भएको बताए । उनले भने, ‘जिल्लामा एक भएर लाग्नका लागि बल बहादुर केसी र अन्य नेताहरुसंग पटक पटक छलफल गरेको छु । पाटीलाई एक ढिक्का बनाएर लैजान म लचक हुन तयार पनि छु ।’
आफ्नै खुट्टामा बन्चरो
कांग्रेस सोलुका पुर्वपाटी सभापति छत्रध्वज बस्नेतले केन्द्रिय तहका नेताहरुको लापरबाहीले जिल्लामा हार व्यहोर्नुपरेको दाबी गरे । कांग्रेसलाई आफ्नौ पाटी भित्रको अन्तरघात र उम्मेद्धार छनौट नमिलेकाले हार व्यहोर्नुपरेको कारण पेश गरे । नेताहरु नमिल्दा आफ्नै खुट्टामा बन्चरो हान्ने काम भएको बस्नेतको भनाई छ ।
स्थानीय सरकारमा ठेकेदार प्रवृत्ति
पुर्वसभाषद गोकर्ण राईले अन्य पाटीका नेताहरुले नेतृत्व गरेको स्थानीय सरकार मनलाग्दो तरिकाले चलेको बताए । ठेकेदार प्रवृत्ति मौलाउदा स्रोतको दुरुपयोग बढेकाले नागरिकसंग मिलेर कांग्रेस पाटीले खबरदारी गर्न जुरु िरहेको राईको भनाई छ ।

थरिथरीका कुरा
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाबु शेर्पाले नेकपा सरकारका पालामा भष्टाचार मौलाएको आरोप लगाए । उनले भने, ‘चाहे स्थानीय सरकार, चाहे प्रदेश सरकार होस् । नेकपाका नेताहरुले नेतृत्व गरेका सरकार भष्ट्र बन्दै गएको छ ।’ उनले स्रोतको दोहोन बढिरहेको अवस्थामा काग्रेसको भूमिका प्रभावकारी बन्नुपर्ने बताए ।
जिल्ला कार्य समितिका कार्यवहाक सभापति कृष्ण प्रसाद निरौला, नेपाल महिला संघकी केन्द्रिय सदस्य डोल्मा तामाङ, नेता राम बहादुर बस्नेत, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म बहादुर नेपाली, विपि चिन्तन प्रतिष्ठानका केन्द्रिय सदस्य गणेश बस्नेत, नेपाल दलित संघ सोलुका अध्यक्ष कर्ण बहादुर विश्वकर्मा, नेपाल शिक्षक महासंघ नगरका अध्यक्ष रोहित कार्की, नेता सुर्य बहादुर कुलुङ र सोलुदुधकुण्ड नगरपालिका २ का वडाअध्यक्ष मिङमार दोर्जी शेर्पाले कांग्रेस एक भएर जनतामाझ जान सके मात्र कम्यूनिष्टलाई एक्ल्याउन संभव भएको बताएका छन् ।
जागरण अभियान नगरसभापति दावागेलु पाख्रिन ‘राजु’को अध्यक्षतामा सम्पन्न भएको हो ।

 

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!